काठमाडौ । काठमाडौमा कडा निषेधाज्ञा (कर्फ्यू) जारी गरिएको छ । तर भित्री बस्तिको नेवार समुदायमा जात्रा चलिनै रहेको छ । उनीहरु कोरोनादेखि डराएका छैनन् । तर यो गलत हो । सबै संस्कृती, परम्पराको जगेर्ना गर्नुपर्छ ।

तर कोरोना भाइरसको महामारीले अहिले संस्कृती, परम्परा धान्नेलाई छुन्न भन्नै सक्दैन । आफू जोगिएर मात्र हुँदैन । आफ्नो समाजपनि जोगिनुपर्छ । तस्विर पत्रकार गन्नी अन्सारीले कार्यालयबाट घर फर्कने क्रममा अहिले देखिएका दृश्य भनेर सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ ।

तस्विर काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा मनाइने टुँडालदेवीको जात्राको हो । चैते दशैँदेखि लिङ्गो उठाएर शुरु हुने जात्राका क्रममा बुधबार गहनापोखरीमा गहना खोज्ने विधि पूरा भएको थियो । आज शुक्रबार लावा छरेर टुँडालदेवी र भाटभटेनीलाई जुधाइएको छ ।

यो जात्रामा धेरैको भीड हुने भए पनि कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण विधिमात्र पूरा गरिने भनिएको थियो । तर ठूलो मात्रामा मानिसहरुको उपस्थिती थियो । वैशाख २१ गते देवता मन्दिर भित्र्याएपछि जात्रा समापन गरिन्छ । जात्राका बीच नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न काठमाडौमा निषेधाज्ञा जारी गरिएको छ ।

सम्बन्धित खबरहरु