काठमाडौं । चर्चित गायक प्रकाश सपुत कोरोना संक्रमित भएका छन् । सपुतले आफ्नो फेसबुक पेजमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

उनले काठमाडौं मेडिकल कलेजमा पिसिआर परीक्षण गराएका थिए । उनले लेखेका छन, ‘अन्ततः काठमाण्डौ मेडिकल कलेजका अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला ।

एकदमै धेरै शरिर दुख्ने–गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए । म होम आईशुलेशनमामा छु ।

अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ ।

 

सम्बन्धित खबरहरु