काठमाडौ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आइतबार बिहानैदेखि काठमाडौं उपत्यका एवं पूर्वी नेपालको १ नं प्रदेशमा मौसम बिग्रिएको छ । मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहार र बंगालमा विकास भएको निम्न चापीय क्षेत्रका कारण प्रदेश नं १ र २ मा मंगलबारसम्म मौसम बदली रही बेलाबेलामा वर्षा समेत हुने अनुमान गरिएको छ ।

महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा अहिले देखिएको प्रि–मनसुनको अवस्था मंगलबारसम्म लम्बिने अनुमान गरिएको छ । देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहने विभागले जनाएको छ । वागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागका केही स्थानमा मंगलबारसम्म नै साँझपख मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

आइतबार बिहानको हल्का वर्ष ९ बजेसम्ममा रोकिने र दिउँसो र साँझ फेरि सामान्य बदली भई देशका पहाडी भूभाग र प्रदेश नं १ को सबै जिल्लामा हावाहुरी सहित सामान्य वर्षा हुने सम्भावना रहेको श्रेष्ठले जानकारी दिए । विभागका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, २ र वागमती प्रदेश लगायतका पहाडी भू–भागमा मेघगर्जन–चट्याङ्ग–हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २ र वागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित वर्षाको सम्भावना छ । त्यस्तै, मंगलबार भने प्रदेश नं १, वागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित वर्षाको सम्भावना रहेको श्रेष्ठले जानकारी दिए ।

मौसम विश्लेषण (Meteorological Analysis): हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था (Present Weather Status): देशभर पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहेकोछ । वागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/ हावाहुरी सहित बर्षा भएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान २०७८ बैशाख १९ गते (आइतबार)

दिउँसो: देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहनेछ। वागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ ।

२०७८ बैशाख २० गते (सोमबार) दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २ र वागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २ र वागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना छ।

२०७८ बैशाख २१ गते (मंगलबार) दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, वागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायतका अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ। वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुइ स्थानहरुमा मध्यम बर्षाको समेत सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours) देश पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

सम्बन्धित खबरहरु