काठमाडौ । नेकपा (एमाले) स्थायी कमिटीको दोस्रो बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको छ ।

बैठकले कोभिड विमारीहरुको उपचारका लागि आवश्यक पूर्वाधार, अस्पतालमा शैय्याहरु, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको तत्काल थप प्रबन्ध गर्न र अन्य तयारी तीव्रताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

साथै बैठकले समग्र पार्टीपंक्तिलाई कोभिड विरुद्धको यस कठिन लडाईंमा स्वयम्सेवी रुपमा परिचालित हुन पनि आह्वान गरेको छ ।

सम्बन्धित खबरहरु