काठमाडौ । लुम्बिनी प्रदेशमापनि नेकपा एमाले माधब कुमार नेपाल समूहले नेकपा एमालेलाई धोका दिएको छ । कर्णालीमा फ्लोर क्रश गरेको यो समूहले लुम्बिनीमा भने त्यहाँको अंकगणित अनुसार नै कदम चालेको छ ।

प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रलाई सरकार सम्पिन आफ्नो समूहका सांसदलाई राजिनामा दिन र सूर्य चिन्हमा जितेकालाई माओवादी नेतृत्वको सरकारलाई समर्थन गर्न लगाएर एमाले सरकार ढालेको छ ।

सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका भनिएका तर माधब नेपाल समूहले सिफारिस गरेका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा साबिकको नेकपाबाट चुनाव जितेकी माधब नेपाल समूहकी एमाले नेतृ विमला केसीले पनि हस्ताक्षर गराएर माओवादीको सरकार बन्ने दावी गरियो । यहाँ अनौठो तरिकाले घात गरिएको छ ।

यसरी मात्र हैन कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाही जो नेकपा एमाले माधब कुमार नेपाल समूहका सांसदलाई पदबाट राजीनामा गर्न लगाएरपनि एमालेलाई संकटमा पारे ।

योसँगै लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएको एक घण्टा नबित्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका छन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन् । यसले अब राजनीतिक किचलोसँगै वैधताको प्रश्न जन्मिएको छ ।

 

सम्बन्धित खबरहरु