काठमाडौ । संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री माननीय भानु भक्त ढकाल ज्यू र उहाँको धर्मपत्नी अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य इन्दिरा फूयाँल दुबै जनामा कोभिड पोजेटिभ देखिएको छ ।

मन्त्री ढकालले सामाजिक सञ्जाल मार्फत उहाँहरू दुबैमा कोरोना संक्रमण देखिएको पुष्टि गर्नुभएको छ । उहाँहरू दुबै जनाको आइतबार गरिएको स्वाब परीक्षणमा कोभिड पोजेटिभ देखिएको हो । हाल उहाँहरू निवासमै आइसोलेसनमा रहनुभएको छ ।

सम्बन्धित खबरहरु