काठमाडौं । कोरोना संक्रमणका कारण एक मन्त्रीले आफ्ना पिता गुमाउनु परेको छ । भारत, दिल्लीमा कोरोनाको कहर निरन्तर बढ्दै गइरहेको समयमा दिल्लीका स्वास्थ्यमन्त्रीका बाबुको मृत्यु भएको हो ।

आइतवार, दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनको बुबा कोभिड–१९ संक्रमणको कारण निधन भएको हो । यो जानकारी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटर मार्फत दिनु भएको छ । साथै, केजरीवालले संवेदना पनि व्यक्त गर्नुभएको छ ।

केजरीवालले लेख्नु भएको छ, ‘हाम्रा स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका बुबाको कोभिड–१९ संक्रमणको कारण निधन भया । यो धेरै दुःखको कुरा हो । सत्येन्द्र जैन आफै २४ घण्टा दिल्लीको जनताको लागि अथक प्रयास गर्दैछन ।

उहाँको आत्माले शान्ति पाओस् र परिवारसँग मेरो समवेदना हो ।’ दिल्लीका शिक्षामन्त्री मनीष सिसोदियाले पनि सत्येन्द्र जैनको बुबाको निधनमा शोक व्यक्त गर्नुभएको छ ।

सम्बन्धित खबरहरु