काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । कोरोना भाइरसको महामारी फैलदै जाँदा सीसीएमसीले सिफारिस गरेको थप प्रतिबन्धबारे आवश्यक छलफल गर्न प्रधानमन्त्री बैठक डाक्नुभएको बुझिएको छ ।

बैठक अपराह्न ४ बजेदेखि बालुवाटारमा जारी छ । बैठकले कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत गर्न सरकारले थप निर्णय गर्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

सीसीएमसीको शुक्रबारको बैठकले आन्तरिक र बाह्य उडान बन्द गर्नेदेखि भारतसँगको सीमा नाका बन्द गर्ने लगायतका सिफारिस गरेको छ ।

 

सम्बन्धित खबरहरु