काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । शर्माले सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको जानकारी दिनुभएको हो ।

अस्वस्थ महशुस गरी आइतबार स्टार अस्पतालमा परीक्षण गरिएकोमा आज विहान पोजेटिभ रिपोर्ट आएको उहाँले बताउनुभयो ।

शर्मा चिकित्सकको सल्लाह बमोजिम होमआइसोलेसनमा बसिरहनुभएको छ । उहाँले ट्वीटरमार्फत लक्षण च्यापेपनि मनोबल उच्च रहेको बताउनुहुँदै सबैलाई सजग रहन आग्रह गर्नुभएको छ ।

https://twitter.com/bishwaprakash77/status/1389062447370100737

सम्बन्धित खबरहरु