एजेन्सी । कोरोना कालमा मानिसहरुले देखाएका मानवता र प्रेमले जो कोहीलाई गर्वित बनाउने गरेको छ । भारतमा एउटा त्यस्तै घटना देखिएको छ ।

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ । त्यहाँ कोरोना बिरामीहरु अक्सिजनको कारण छट्पटिरहेको भिडियोहरु आइरहेका छन् । अक्सिजन अभावमा संक्रमित बचाउन निक्कै हम्मे हम्मे परिरहेको छ । how daughter try to save mother life in bahraich after oxygen crisis ( Covid-19)

यस्तै एक दृश्य भारतको युपीको बहराइचमा अक्सिजनको कमी भएपछि भाइरल भएको छ। भारतको यूपीको बहराइचको अस्पतालको भाइरल भिडियोमा बिरामी आमालाई छोरीले आफ्नो मुखबाट अक्सिजन दिइरहेको देखाइएको छ। यसअघि श्रीमतीले श्रीमानलाई समेत यसरी नै दिएकी थिइन् ।

कोभिड १९ को दोस्रो चरणमा भारतमा अक्सिजनको अभावले मृत्युको बीचमा बहराइचमा अक्सिजनको कमीका कारण बिरामीहरू कत्ति भाइरल हुन्छन् ?

यो भाइरल भिडियोमा स्पष्ट देखिन्छ। आफ्नो आमालाई गाह्रो भएपछि सन्तान आफ्नो जीवनको समेत प्रवाह नगर्न पछि हट्दैनन् । यस्तै भयो युपीमा पनि । त्यहाँ एक छोरीले आफ्नो आमालाई अक्सिजन दिँदै आफ्नो जीवन जोखिम मोलेकी छन् ।

उनले आमालाई अक्सिजन दिइरहेको भिडियो भाइरल भइरहेको छ । यस भाइरल भिडियोमा जिल्ला अस्पतालको आपतकालिनको दृश्य देखाइएको छ जसमा एउटी छोरीले बिरामी आमालाई मुखबाट अक्सिजन दिईरहेकी छिन्। यसरी आमा बाँचेको खबरपनि आएको छ । सल्यूट यी छोरीलाई ।

सम्बन्धित खबरहरु