काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको छ । बिहीबारदेखि अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएको हो । योसँगै वैशाख २३ गतेदेखि वैदेशिक रोजगारीपनि ठप्प भएको छ ।

रोजगारीका लागि विदेश जानेहरु रोकिने भएसँगै ठप्प भएको हो । सरकारले वैशाख २३ गतेदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेपछि भिसा लागिसकेका श्रमिक पनि रोकिने भएका हुन् ।

यसअघि २०७६ चैतमा सरकारले लकडाउन गर्दा पनि श्रमिकहरु विदेश जानबाट रोकिएका थिए । सरकारले २०७७ असारपछि मात्रै श्रमिकलाई विदेश जान श्रम स्वीकृति दिन थालेको थियो ।

सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि विदमा आएका श्रमिकहरु पनि वैशाख मसान्तसम्म यतै रोकिने निश्चित भएको छ । फर्किनेहरुपनि त्यता नै रहने निश्चित छ ।

 

सम्बन्धित खबरहरु