काठमाडौ । आन्तरिकसँगै सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय आएको छ । नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द गर्ने सरकारको निर्णय हो ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले देशका नाममा सम्वोधन गर्ने क्रममा जानकारी दिनुभयो ।

कोरोना रोकथामका लागि भन्दै सरकारले वैशाख २० गते (आज) राति १२ बजेबाट लागू हुने गरी सबै आन्तरिक उडान बन्द गरिएको छ ।

वैशाख २३ गते (बिहीबार) राति १२ बजेबाट लागू हुने गरी सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ । तर, भारतसँगको उडान भने सातामा दुई वटा कायम रहने भएको छ । यो उडान प्रतिवन्ध वैशाख मसान्तसम्म कामय हुनेछ ।

भारत र नेपालबीच एयर बबल स्किमअनुसार उडानलाई सरकारले कटौती गर्न सकेन । भारतसँग हप्तामा दुई तर्फी दुई उडानहरू हुने छन् । यहाँबाट आउने यात्रु १० दिन क्वारेन्टिनमा बस्नु पर्ने निर्णय भएको छ ।

अत्यावश्यक अवस्थामा अनुमति लिएर चार्टर्ड उडान भने गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमाहनिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।

 

सम्बन्धित खबरहरु