काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्षको कोरोना महामारी झैं यस पटक पनि जनताको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएको बताउनु भएको छ ।

आज देशका नाममा सम्बोधन गर्दै उहाँले नागरिकको जीवन रक्षाका लागि सरकार लागेको बताउनुभयो । सरकार महामारीबाट जनताको जीवन जोगाउन लागिपरेको उहाँको भनाई रहेको थियो । प्रधानमन्त्री ओलीका अनुसार हरेक नागरिकको जीवनरक्षा यस सरकारको पहिलो दायित्व हो ।

कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट वञ्चित हुन नदिन सरकार संवेदनशील भएको स्पष्ट पार्नुभयो । महामारीका कारण कसैले जीवन गुमाउन नपोरोस् भनेर सरकार संवेदनशील भएको उहाँको भनाई छ ।

कोरोना महामारीबाट जनताको जीवन जोगाउनका लागि सरकारले आफ्ना सबै संयन्त्र परिचालन गरेको पनि प्रधानमन्त्रीले जानकारी गराउनुभयो । उहाँले सबै नागरिकलाई खोप लगाउनका लागि सरकार सक्रिय भएको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अवकाश प्राप्त चिकित्सकलाई एक वर्षका लागि करारमा नियुक्त गर्ने र स्वास्थ्यकर्मीलाई मासिक तलबको ५० प्रतिशत भत्ताको व्यवस्था गरिने जनाउनुभयो ।

सम्बन्धित खबरहरु