काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।

बैठकमा कोभिड–१९ रोकथाम र नियन्त्रणका विषयमा थप छलफल र निर्णय हुने बताइएको छ । आजै प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्नुभएको थियो ।

सम्वोधनका क्रममा निषेधाज्ञामा थप कडाई गर्ने बताउनुभएको थियो । यसै विषयमा निर्णय लिन आज बैठक बसिरहेको छ । हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित खबरहरु