काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्ते बढेको छ । सोमबार सुन प्रतितोला ४०० रूपैयाँ बढेको हो । आइतबारपनि सुनको मुल्य बढेको थियो । दुबै दिनको अनुपात हेर्दा धेरै बढेको हो । आज सुन प्रतितोला ९० हजार ४०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतवार सुन तोलाको ९० हजार रूपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ८९ हजार ९०० रूपैयाँ तोकिएको छ । पाँच रूपैयाँ बढेको चाँदी १ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित खबरहरु