काठमाडौ । कोरोना भाइरस (कोसभड–१९) को महामारी सरकारका लागि संकटकाल लगाउने बहाना बन्न सक्ने संकेत देखिएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीको देशका नाममा गरिएको आकस्मिक सम्वोधनमा यस्तो संकेत देखिन्थ्यो ।

उनले बारम्बार निषेधाज्ञा कडाई गर्ने, २४ सै घण्टा सबै सुरक्षा निकायका सुरक्षाकर्मीहरु खटाउन सकिने बताइरहेका थिए । उच्च स्रोतका अनुसार कुनैपनि बेला संकटकालको कदम चालिने भित्री तयारी भइरहेका छन् ।

आजै गण्डकी र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरुलाई बर्खास्त गरेर नयाँ नाम नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिशपनि एक संकेत भएको दावी छ । कतै यो सरकारले प्रदेशहरुलाई निलम्बन गरेर संकटकाल त लगाउदैन भन्ने संकेत प्रसस्त देखिएको एक राजनीतिक विश्लेषकको आशंका छ ।

नेकपा एमालेले नेतृत्व गरिरहेका प्रदेश सरकारहरु देखि केन्द्र सरकारमाथि संकट बढिरहँदा त्यसलाई टार्न पनि संकटकाल लाग्न सक्ने देखिएको छ । संकटकाल लगाएर कम्तिमा एक महिना सरकारले आफूमाथिको संकट टार्न सक्ने अवस्था रहन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संकटकाल लगाउन सक्ने सम्भावना देखिएको छ । त्यसका लागि कुनैपनि बेला प्रधानमन्त्री केपी शर्मा ओलीबाट आग्रह समेत हुनसक्ने बुझिएको छ ।

संकटकाल लगाउन परिस्थितिले पनि साथ दिएको छ । संविधानको धारा २७३ अनुसार संकटकालीन व्यवस्थाबारे उल्लेख छ । जस अनुसार ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा यु'द्ध, बाह् आ'क्र'म'ण, स'शस्त्र वि'द्रोह, चरम आर्थिक विशृंखलता, प्राकृतिक विपद वा महामारीको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रपतिले नेपालभर वा नेपालको कुनै खास क्षेत्रमा लागू हुने गरी संकटकालीन अवस्थाको घोषणा गर्न वा आदेश जारी गर्न सक्नेछ भनिएको छ ।’ अहिले महामारीको कारण देखाउन सकिनेछ ।

 

सम्बन्धित खबरहरु