काठमाडौं । आमा बन्नु सबै नारीहरुका लागि सौभाग्यको कुरा हो, अझ पहिलोपटक आमा बन्न लागेका महिलाहरु त धेरै तै उत्सुक हुन्छन् । तर अभिनेत्री प्रीयंका कार्की भने अलिक धेरै नै उत्सुक देखिइन् । उनी यतिबेला गर्भवती छिन् ।

विवाह दोस्रो भए पनि प्रियंका आमा बन्न लागेको भने यो पहिलो पटक हो । त्यसैले पनि होला उनी पेटको सन्तानलाई लिएर अति नै खुःशी देखिएकी छिन् । सामाजिक सञ्जालमार्फत अनेक तस्विर साझा गरिरहेकी हुन्छिन् ।

लामो समय अमेरिका बसेर पहिलो विवाह नेपाली मुलका अमेरिकी रोचक मैनालीसँग गरेकी प्रीयंका पश्चिमा संस्कृतिलाई खुबै पछ्याउने गर्छिन् । उनले अहिले विवाह गरेको आयुष्मान जोशी देशराजको परिवार पनि अति नै पश्चिमा खालको छ ।

प्रियंका कार्कीकी सासुआमा रवीना देसराज श्रेष्ठ पनि कहिलेकाँही सँगै देखिने गर्छिन् । उनीहरुको यस व्यवहारलाई लिएर नेपालमा आलोचना र तारिफ दुबै हुन्छ । तर नेपाली समाजमा उनीहरुको व्यवहारलाई लिएर तारिफ भन्दा आलोचना गर्नेहरु धेरै छन् । त्यसैले उनी प्रायः ट्रोलको सिकार बन्न पुग्छिन् ।

हालै मात्र उनले सार्वजनिक गरेको तस्बिर पनि यतिबेला ट्रोलरको निशानामा परेको छ । आफुले मुखबाट जुस खाइरहेकी प्रीयंकाले नाइटोमा बच्चाको चित्र बनाएर त्यहाँ पनि पाइप हाल्दिएर बच्चालाई जुस खुवाइरहेकी छिन् ।

कतिपयले सामाजिक सञ्जालमा पिंयकाले समान्य बच्चा नभएर अरु कसैले नजन्माएको अलग्गै खालको बच्चा जन्माउन लागेको भन्दै मजाक गरेका छन् ।

हालै, अभिनेत्री ऋचा शर्मा पनि प्रियंकासँगै देखा परेकी थिइन् । अभिनेत्री शर्मा पनि आमा बन्दै छिन् । गत वर्ष कोरोना महामारीमा शर्मासहित अभिनेत्री स्वेता खड्काले पनि विवाह गरेकी थिइन् ।

दिपेक्ष राणासँग लगन गाँठो कसेकी शर्माले आफू आमा बन्न लागेको खबर सामाजिक सन्जाल मार्फत सार्वजनिक गरिन् । केही साताको फरकमा अभिनेत्रीद्धय प्रियंका कार्की र ऋचा शर्माले आफू गर्भवती भएको कुरा सार्वजनिक गरेका थिए ।

उनीहरुले सामाजिक सञ्जालमा बेबी बम्पका तस्विर राखेर प्रशंसकमाझ सन्तानको पर्खाइमा रहेको उल्लेख गरेका हुन् । हालै एकसाथ देखिएका उनीहरुले पेटमा रहेका बच्चाको बारेमा, भविष्यमा सम्धि–सम्धिनी’ बन्नेदेखि लिएर शिशुको नामाकरण गर्नेदेखि उनीहरुको रुचिसम्ममा केन्द्रित रहेर चर्चा गर्न भ्याएका थिए ।

ऋचाले आउने सन्तानको लागि नामहरुको लिस्ट आइपुगको बताइन् । उनीहरुले आ–आफ्नो युट्यब च्यानलमार्फत भिडियोहरु सार्वजनिक गरेका छन् ।

 

सम्बन्धित खबरहरु