काठमाडौं । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय निजामती कर्मचारी अस्पताल मिनभवन, काठमाडौंको महत्वपूर्ण सूचना प्रकाशित भएको छ ।

अस्पतालले कर्मचारी आवश्यक भएकोबारे सूचना जारी गरेको हो । सूचनामा भनिएको छ, ‘यस अस्पतालको लागि निम्नि बमोजिम सेसन र दैनिक ज्यालादारीमा कर्मचारीहरु आवश्यक भएको हुँदा इच्छुक व्यक्तिहरुले सात दिन भित्र यस अस्पतालको प्रशासन शाखामा आवेदन दिनहुन यो सूचना प्रकाशित गरिएको छ ।

’विज्ञापनमा एनेस्थेसिया रजिष्ट्रार, मेडिकल अफिसर र स्टाफ नर्स मागिएको छ । विज्ञापनमा अरु पदलाई सेवाको प्रकारमा सेसन भनिएको छ तर स्टाफ नर्सलाई दैनिक ज्यालादारी भनिएको छ ।

यो विभेद भएको भन्दै सर्वत्र आलोचना गरिएको छ । जटिल अवस्थामा काम गर्ने नर्सलाई चै आज हो की भोली हो निकाल्ने कुनै निश्चित नगर्ने तर अरुलाई सेसन भनिएको भनेर देशभरीका नर्सहरुले विरोध गरेका छन् । विभेद भए काम नै नगर्ने चेतवानी समेत दिँदै आएका छन् ।

सम्बन्धित खबरहरु