काठमाडौं । कोरोना कालमा खुबै चचर्ति बनेको अनलाइन कक्षा बन्द गरिएको छ । नुवाकोट आदर्श बहुमुखी क्याम्पसले अनलाइन कक्षा स्थगित गरिएको सूचना जारी गरेको हो ।

सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा मिति २०७८–०१–१६ गते प्रकाशित सूचना अनुसार यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको अनलाइन कक्षा सञ्चालन गर्ने भनिएकोमा स्थानीय प्रशासनद्वारा जारी गरिएको सुचना अनुसार मिति २०७८–०१–२०२१ गतेदेखि २७ गतेसम्म निषेधाज्ञा जारी गरिएको हुनाले उक्त अवधीभर पूर्वसूचना अनुसार संचालन गर्ने भनिएको अनलाइन कक्षा हाललाई स्थगित गरिएको व्यहोरा सम्पूर्ण विद्यार्थी तथा प्राध्यापकहरुमा जानकारी गराइन्छ । ’

सम्बन्धित खबरहरु