काठमाडौ । निषेधाज्ञाले गर्दा अहिले मानिसहरु फुर्सदिलो भएका छन्। के गरेर समय बिताउने ? धेरैमा छट्पटी पनि बढेर गएको छ। निषेधाज्ञाको समयलाई सिर्जनशील रुपमा बिताउन नजान्दा शारीरको भोकमा झनै बढी ध्यान गइरहेको छ ।

तनावका बेला अन्य कार्यमा रुचि नजाने र यसलाई नै आनन्द र मनोरञ्जनको प्रमुख माध्यम बनाउन सक्ने जोखिम पनि बढेर जान्छ। यो कार्यका बेला मस्तिष्कबाट अक्सिटोसिन, डोपामिन, एन्डोरफिनजस्ता खुशी र आनन्द दिने रसायनिक तत्वको उत्पादन हुन्छ। यसकारण पनि व्यक्ति यौ'नाक'र्मप्र'ति बढी लालायित हुन पुग्छ।

जैविक तथा मानसिक दुवै हिसावले यो कार्य मानिसको जीवनमा महत्वपूर्ण पनि हुन्छ। तर, निषेधाज्ञा र सेल्फ क्वारेन्टाइनको कारणले व्यक्तिको यौ'नजी'वनमा समेत प्रभाव परेको सजिलै अनुमान गर्न सकिन्छ।

कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले जोडीमध्ये कुनै एक जनामा कोरोनाको संक्रमण रहेछ भने अर्कोलाई सर्ने जोखिम हुन्छ।

यो क्रियाकलापका दौरान गरिने कार्यहरुले जोखिम झनै बढाउँछ। यद्यपि कोरोना यही कार्यबाट सर्ने रोग भने होइन।

तसर्थ जोडीहरु, जो लामो समयदेखिसँगै बसिरहेका छन् र दुवैमा कोरोनाका कुनै लक्षण र आशंका देखिएका छैनन् भने निषेधाज्ञाको समयमा पनि सुरक्षित रुपमा सबै कार्य जारी राख्दा कुनै बाधा नपर्ने विज्ञहरुले बताउँदै आएका छन्। तर, यो समयमा अपरिचितसँग भने असाध्यै जोखिमपूर्ण हुन्छ। यसैले कल्पना समेत नगर्न आग्रह गर्दछन् ।

सम्बन्धित खबरहरु