काठमाडौ । सरकारले त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा वैशाख १४ गतेबाट स्थगित गरेको छ । कोरोना भाइरसको जोखिमको संक्रमणलाई रोकथाम गर्नका लागि सम्पूर्ण परीक्षा स्थगित गरेको हो । तर, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले महामारी बढ्दै गएपछि परीक्षा सञ्चालन गर्न उपयुक्त विधिबारे छलफल चलिरहेको जनाएको छ ।

नियन्त्रक पुष्पराज जोशीले हप्ता दिनपछि कुनै उपायको टुंगो लगाइ उपयुक्त विधिमा परीक्षा सञ्चालन गर्नेबारे छलफल चलिरहेको बताए । तर, अनलाइनबाट गर्ने कि भौतिक रुपमै भन्ने बारेमा कुनै निर्णय भइनसकेको उनले बताए ।

“हाम्रा विद्यार्थी दूरदराजमा पनि छन् । त्यसैले अनलाइनमा परीक्षा लिन्छु भनिहाल्ने अवस्था छैन । परिस्थिति सहज भएको खण्डमा भौतिक रुपमै परीक्षा लिन्छौँ । तर, नभए के गर्ने भन्ने बारेमा उपाय सोच्दै छौँ,” उनले भने । कुनै विधि अपनाउने छौ । विद्यार्थी ढुक्क भएर तयारीमा लाग्दा हुन्छ ।

 

सम्बन्धित खबरहरु