काठमाडौ । धन ठूलो की मन ? यो प्रश्न केबल वादविवादका लागि मात्र काम लाग्छ । अहिले त्यो नगरौँ । तर सम्बन्ध टिकाउन मन नै ठूलो हो भन्ने जमान चै धेरै छ । यदि धन ठूलो हो भने विश्वका धनी माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स २७ वर्षको वैवाहिक सम्बन्ध तोड्नु पर्दैन थियो होला । आज उनीहरु सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेका छन् ।

२७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको जानकारी उनीहरुले सामाजिक सन्जालमार्फत् दिएका हुन् । बिल गेट्सले ट्वीटरमा संयुक्त वयान सार्वजनिक गरेका छन्, जसमा लेखिएको छ, ‘धेरै सोचविचार गरेर हामीले आफ्नो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं ।’

बिल र मेलिन्डाको पहिलो भेट सन् १९८० को दशकको अन्तिमतिर भएको थियो, जतिबेला मेलिन्डाले माइक्रोसफ्ट कम्पनीमा जागिर सुरु गरेकी थिइन् । उनीहरुका तीन सन्तान छन् । आफ्नै कार्यालयकी कर्मचारीलाई बिलले विवाह गरे ।

दुवै मिलेर बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेसन चलाउँदै आएका छन् । सम्बन्ध विच्छेद गरे पनि फाउन्डेसनका लागि भने दुवै मिलेर काम गर्ने उनीहरुले जानकारी दिएका छन् । कम्पनीमा एकसाथ रहने तर पारिवारीक जीवनबाट विदा लिने उनीहरुको निर्णय छ ।

सम्बन्धित खबरहरु