काठमाडौ । विश्वका धनी माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स २७ वर्षको वैवाहिक सम्बन्ध विच्छेद भएको छ । आज उनीहरु सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेका हुन् ।

सामाजिक सञ्जालमा उनीहरु दुबैले संयुक्त रुपमा एक वक्तव्य जारी गर्दै सम्बन्ध विच्छेदको सन्देश दिएका हुन् । यति चर्चित जोडीको उक्त वक्तव्यमा के छ सबैको चासोको विषय हो । यसैले हामी उक्त वक्तव्यलाई यहाँ जस्ताको तस्तै राख्दैछौ ।

हाम्रो सम्बन्धमा ठूलो सोच विचार गरेर धेरै पछि हामीले आफ्नो विवाह समाप्त गर्ने निर्णय गरेका छौं । पछिल्ला २७ बर्षमा हामीले तीन अविश्वसनीय बच्चाहरूलाई हुर्काएका छौँ । यो जगमा सबैले काम गर्ने आधार निर्माण गरेका छन् ।

जसले सबै मानिसहरूलाई स्वस्थ, उत्पादक जीवन जीउन सहयोग गर्ने भइसकेका छन् । हामी त्यो लक्ष्यमा विश्वास बाँड्न एकसाथ अघि बढ्छौ र फाउण्डेशनमा सँगै काम जारी राख्छौ । तर हामी अब विश्वास गर्दैनौं कि हामी आफ्नो जीवनको यस अर्को चरणमा एक जोडीको रूपमासँगै बढ्न सक्दछौ । हामी आफ्नो परिवारको लागि स्थान र गोपनीयता सँधै कायम राख्छौ। अब हामी नयाँ जीवन सुरुवात गर्दैछौ ।

मेलिन्डा गेट्स र बिल गेट्स

अंग्रेजीमा

After a great deal of thought and a lot of work on our relationship we have made the decision to end our marriage. over the last 27 years, we have raised three incredible children and built a foundation that works all over the world to enable all people to lead healthy, productive lives.

we continue to share a belief in that mission and will continue our work together at the foundation, but we no longer believe we can grow together as a couple in this next phase of our lives, we ask for space and privacy for our family as we begin to navigate new life .

Melinda Gates and Bill Gates

https://twitter.com/BillGates/status/1389316412259270657

सम्बन्धित खबरहरु