काठमाडौ । नेपालको राजधानी काठमाडौलाई विश्वले मन्दिर नै मन्दिरको सहर भनेर चिन्छन् । यो सहरलाइ मध्यकालमा कान्तिपुर भनिन्थ्यो । प्राचीन काठमाडौंको मालीगाउँमा भेटिएको इ.सं. १८५ को मूर्तिनै सबैभन्दा प्राचीनतम तिथि सहितको अवशेष हो ।

विभिन्न धार्मिक ग्रन्थ तथा वंशावलीहरुमा प्राप्त गर्न सकिने काठमाडौको प्राचीन इतिहास तथ्यपरक भन्दा पनि भावात्मक पाइने भएकाले ठोस प्रमाणकै रुपमा लिन सकिदैन तर यस्ता ग्रन्थहरुबाट पुरानो परम्परा अनि अवस्थितिको जानकारी भने पाउन सकिन्छ ।

स्वयम्भु पुराण अनुसार काठमाडौं उपत्यका धेरै समय पहिले एउटा दह (पोखरी) थियो । यो पोखरीको नाम नागदह थियो । यो दहको अनौठो शक्ति अनुभुत गरेर मञ्जुश्रीले यो दह भएको ठाँउमा मानव वस्ती बसाल्ने निधो गरे ।

त्यसपश्चात चन्द्रह्रास खड्गले यो दहको दक्षिणको कच्छपाल पर्वतबाट पानी बाहिर जाने बाटो बनाइदिए । चीनबाट आएका उनले पानी निकालिसकेपछि मञ्जुपत्तन नामक एक नगर स्थापना पश्चात धर्माकार नाम गरेका एक व्यक्तिलाइ राजा बनाइ आफु चीन तर्फनै लागे ।

पछि काठमाडौंमा गोपाल, महिषपाल, आभीर, किरात, सोमवंशी, लिच्छवि आदि वंश अन्तर्गतका विभिन्न राजाहरुले शासन गरे । राणाकालीन अनि शाहवंशी राजाहरुले शासन गर्दाताकाका विभिन्न तस्बिहरु तल प्रस्तुत गरिएका छन । यो भने जीवित इतिहास हो ।

सम्बन्धित खबरहरु