काठमाडौं । कोरोना महामारीलाई लिएर अहिले सबैतिर त्रास देखिएको छ । नेपालमा पनि मान्छेहरु यसबाट हराएका छन् । यसको मानसिक डरले धेरैलाई नसताएको पनि होईन ।

सुरु सुरुमा कोरोनाबाट ज्यान गुमाउनेहरुको परिचय खुलाउने गरिएको थिएन् । तर अहिले सामाजिक सञ्जालमा तस्विरसहित परिचय राखेर श्रद्धाञ्जली दिने होडबाजी नै भनेको छ भन्दा फरक नपर्ला ।

तर अहिले केही व्यक्तिहरुले यसबारे आवाज उठाउन थालेका छन् । पत्रकार मानवी बानियाँ सबैलाई अनुरोध गर्दै लेख्छिन्, ‘सामाजिक सञ्जालमा कोभिडबाट मृत्यु भएका हरुको फोटो र श्रद्धाञ्जली दिने होडबाजी नगरौं ।

संक्रमित भई हस्पिटलमा जीवनको लडाई लडिरहेका र होम आइसोलेशनमा बसेकाहरु पनि सामाजिक सञ्जाल चलाई रहेका हुन्छन् । उहाँहरूको हौसला टुट्न सक्छ, डिप्रेसन हुन सक्छन् ।

बरु कोभिड जितेर आएका हरुलाई घर र समाज मा स्वागत गरौं, उपहार दिउँ । त्यस्ता फोटो र समाचारहरु लाई सेयर गरौं । कठिन समय छ, आफू पनि विचलित नहोऊँ, अरुलाई नी विचलित नबनाऊँ ।’

सबैलाई अनुरोध ।
सामाजिक सञ्जालमा कोभिडबाट मृत्यु भएका हरुको फोटो र श्रद्धाञ्जली दिने होडबाजी नगरौं । संक्रमित भै हस्पिटलमा जीवनको लडाई लडिरहेका र होम आइसोलेशनमा बसेका हरु पनि सामाजिक सञ्जाल चलाई रहेका हुन्छन् ।

उहाँहरू को हौसला टुट्न सक्छ, डिप्रेस हुन सक्छन् । बरु कोभिड जितेर आएका हरुलाई घर र समाज मा स्वागत गरौं, उपहार दिउँ । त्यस्ता फोटो र समाचारहरु लाई सेयर गरौं । कठिन समय छ, आफू पनि विचलित नहोऊँ, अरुलाई नी विचलित नबनाऊँ ।

 

सम्बन्धित खबरहरु