काठमाडौं । चर्चित बलिउड अभिनेत्री कङ्गना राणावतको ट्वीटर खाता निलम्बित भएको छ । ट्विटरले कंगना कङ्गना राणावतलाई निलम्बित गरेको जानकारी दिएको छ । ट्विटरले कम्पनिका दिशानिर्देशहरूलाई उल्लङ्घन गरेको भन्दै कङ्गनाको खाता निलम्बित गरेको हो ।

ट्वीटको श्रृंखलामा अभिनेत्रीले पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीलाई लिएर आपत्तिजनक टिप्पणी गरेकी थिइन् । आइतवार (मे २) विधानसभा निर्वाचन परिणामको घोषणापछि राज्यमा भएको माहोलका लागि अभिनेत्रीले ममता बनर्जीको आलोचना गर्दै कडा खालको टिप्पणी गरेकी थिइन् ।

ममता बनर्जीको नेतृत्वमा रहेको तृणमूल कांग्रेस (टीएमसी) ले पछिल्लो विधानसभा चुनावमा जितेपछि उनले पश्चिम बंगालमा राष्ट्रपति शासनको माग गर्दै ट्वीट गरेकी थिइन् ।

सम्बन्धित खबरहरु