काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकाको निषेधाज्ञा पनि लम्बिएको छ । जानकारी अनुसार निषेधाज्ञा एक साता थप भएको हो । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

साथै पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको जनाइएको छ । काठमाडौंमा पछिल्ला दिनहरुमा दैनिक तीन हजार भन्दा धेरै कोरोना संक्रमित थप हुन थालेका छन् ।

सम्बन्धित खबरहरु