काठमाडौं । मुस्लिम समुदायको सबैभन्दा पवित्र धार्मिक स्थल मक्काबाट सबैलाई चकित पार्ने केहि तस्विर बाहिर आएका छन् । मक्का शहरमा काबाको कालो ढुङ्गाको अद्भुत तस्विर पहिलो पटक संसारले देखेको हो ।

साउदी अरब सरकारले ४९ हजार मेगापिक्सेल फोटो जारी गरेको छ । यो त्यहीँ ढुङ्गा हो जुन पवित्र हज यात्रामा हाजी चुमेर सजदामा हुन्छ । कालो ढुङ्गाका यी तस्विरहरु ४९ हजार मेगापिक्सेलमा छन् ।

साउदी अरेबियाको शाही मस्जिदद्वारा जारी गरिएका तस्विरहरु बनाउन ५० घण्टा समय लाग्यो । त्यसमा कुल १,०५० तस्विरहरु प्रयोग गरिएको छ । अति विशेष फोटोग्राफहरू सिर्जना गर्दा त्यत्रो संख्यामा अन्य तस्विरहरु प्रयोग गरिएको हो । प्रत्येक फोटो १६० गीगाबाइटको छ ।

ढुङ्गाको तस्विर खिच्नका लागि मात्रै ७ घण्टा समय लाग्यो । अक्सफोर्ड विश्वविद्यालयका इस्लामिक स्टडीज अफेयर्सका अन्वेषक अफीफी अल अकितीले भनेका छन्, ‘यो महत्त्वपूर्ण र अप्रत्याशित छ ।

फोटोहरु हेरेर, लाग्छ कि यो वास्तवमै कालो छैन ।’ यो पहिलो पटक हो कि सानो कालो ढुङ्गाबाट ठूला सम्म सबै चीज डिजिटल रूपमा प्रस्तुत गरिएको छ ।

 

सम्बन्धित खबरहरु