काठमाडौ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतो र उनका श्रीमान पूर्वमन्त्री रघुवीर महासेठलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्री महतोले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन्।

उनले आफू चिकित्सकको निगरानीमा रहेको अनि आत्मविश्वास र मनोबल उच्च भएको उल्लेख गरेकी छन्। छिट्टै नै पुर्ण स्वस्थ भएर आफ्नो नियमित कार्यमा फर्किनेछु। दशौं औला जोडेर सबैलाई विनम्र आग्रह छ सजग बनौ । मन्त्री महतोले लेखेकी छन्।

केही दिनअघि पर्यटन मन्त्री भानुभक्त ढकाल दम्पतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। उर्जा मन्त्री टोपबहादुर रायमाझी र खानेपानी मन्त्री मणि थापा पनि केही दिनअघि संक्रमित भएका थिए।

सम्बन्धित खबरहरु