काठमाडौ । नेपालको सिराहा जिल्लाबाट अमेरिकाको न्यू जर्सीमा बसोबास गर्ने विद्यार्थी अजय साह मृत फेला परेको छ । गत जनवरीदेखि न्यू जर्सीबाट न्यूयोर्कको लागि हिँडेका उनी मृत भेटिएको कुरा मोरिस काउन्टी अभियोजक कार्यालयले पुष्टि गरेको छ ।

उक्त कार्यालयले भेटेर पहिचान सार्वजनिक गरेको हो । उक्त समाचार स्थानीय प्याच डटकममा प्रकाशित भएको छ । साह गत जनवरी १८ देखि हराइरहेको उनका दाइ शिव साहले जानकारी दिए । शाह विगत साढे २ वर्षदेखि ड्रु विश्वविद्यालयमा अध्ययनरत थिए । उनका दाजु पनि अमेरिकाकै टेक्ससमा बसोबास गर्दै आएकाले उनी भाइको खोजीको लागि टेक्ससबाट न्युजर्सी आएका थिए ।

२२ वर्षीय साहको गत सोमबार उनको लाशको पहिचान भएको र लाश ब्रुकलिनको एङ्कोरेज नहरमा फेला परेको जनाइएको छ । अनुसन्धानकर्ताका अनुसार न्यू जर्सीबाट उनी न्यूयोर्कको पेन स्टेसनको लागि चढेको खुलासा भएको छ ।

गत मार्चमा सडक र अन्य स्थानमा जडान भएका चित्रग्राहिणी (सिसि क्यामरा) मा पाइएका प्रमाणबाट उनले ब्रुकलिनको पुलमा आफू साथ चित्रग्राहिणी (क्यामरा) भिरेको देखिएको थियो ।

अभियोगको कार्यालयले सोमबार थप प्रमाणहरूको खोजी नगरुन्जेलसम्म उनी बेपत्ता भएको विषयलाई रहस्यमयी हिसाबले हेरिरहेको थियो । अधिकारीहरूले मार्च ९ मा उनको लाश एङ्कोरेज नहरमा फेला पारेका हुन् ।

गत अप्रिल २५ मा न्यू योर्क प्रहरी विभागले मोरिस काउन्टीको हराइरहेको व्यक्ति बारे इकाईलाई सूचित गरेको थियो । बेपत्ता भएका अजय शाहलाई अन्तिम पटक न्युजर्सीको नेवार्क पेन स्टेसनमा राती ११ः३७ मिनेट, जनवरी १९,२०२१ को दिनसम्म देखिएको थियो । अझ पनि लाश परिवारलाई हस्तान्तरण गरिएको छैन ।

 

सम्बन्धित खबरहरु