काठमाडौ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । एक मन्त्रीका अनुसार बिहीबार साँझ ५ बजे बैठक बोलाएका हुन् । हरेक साताको सोमबार र बिहीबार मन्त्रीपरिषदको बैठक बस्ने तालिका अनुसार बैठक बस्ने लागेको हो ।

तर नियमित बैठकमा फेरी कुनै सरप्राईज निर्णय हुनसक्ने आँकलन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्तापछि उनले बैठक डाकेका छन् । बैठकमा राजनीतिक दलसम्बन्धि अध्यायादेश आउनसक्ने आँकलन गरिन्छ ।

अध्यादेश ल्याएर दल टुक्रा पारेर आफ्नो पक्षमा मत पुर्याउने कसरत ओलीको हुनसक्छ । साथै माधबकुमार नेपाल पक्षका सांसदलाई कारबाही गर्ने र समानुपातिकतर्फ आफ्नो समूहकालाई सांसद पद दिने तयारी रहेको समेत स्रोतको दावी छ ।

 

सम्बन्धित खबरहरु