काठमाडौं । आज (शुक्रबार) धार्मिक आस्थाका रुपमा रहेको वरुथिनी एकादशी पर्न गएको छ । सनातन धर्ममा एकादशीको विशेष महत्त्व हुन्छ । प्रत्येक महिनामा दुई एकादशी पर्छन् ।

एक कृष्ण पक्ष र अर्को शुक्ल पक्ष । एकादशी व्रत महिनाको त्रयोदशीमा राख्ने गरिन्छ । यो तिथि भगवान विष्णुलाई समर्पित छ । यो दिन भगवान विष्णुको कुन विधिद्वारा पूजा गरिन्छ भन्ने कुराको जानकारी हुनु राम्रो हुन्छ ।

आज हामी त्यसका बारेमा केही चर्चा गर्न गइरहेका छौँ । पूजा विधि त्यस्तो कुरा हो जसले तपाईंको जीवनमा शान्ति र समृद्धि ल्याउन सक्छ । तर विधि नै पुरा हुन सकेन् भने भगवानको कृपा रहँदैन भन्ने धार्मिक मान्यता छ ।

वरुथिनी एकादशीको व्रत राख्दा दुर्भाग्य परिवर्तन हुन्छ । यसबाट भक्तको जीवनमा सुख समृद्धि र सौभाग्य आउँछ । यस पवित्र व्रत बस्दा व्यक्तिले सबै समस्याहरुबाट मुक्ति पाउँछ ।

वरुथिनी एकादशी कथा
पौराणिक कथा अनुसार भगवान शिवले रिसाएर भगवान ब्रह्माको पाँचौं टाउको काट्नु भएको थियो । त्यसपछि उहाँलाई श्राप लागेको थियो । उक्त श्रापबाट छुटकारा पाउन भगवान शिवले वरुथिनी एकादशी व्रत राख्नुभयो । वरुथिनी एकादशीको व्रत गरेर भगवान शिव श्राप र पापबाट स्वतन्त्र हुनुभयो । धार्मिक मान्यता अनुसार वरुथिनी एकादशीको दिन व्रत बस्दा मिल्ने फल धेरै वर्षसम्म तपस्या गर्नु बराबर हुन्छ ।

वरुथिनी एकादशी पूजा विधि
एकादशीको दिन सबैभन्दा पहिले बिहान सबेरै उठेर नुहाउनुहोस् । नुहाइसकेपछि सफा लुगा लगाएर एकादशी व्रत राख्नुहोस् ।

त्यसपछि, घरको मन्दिरमा पूजा गर्नु अघि, एउटा वेदी बनाउनुहोस् र त्यसमा ७ धान (मास, मुगी, गहुँ, चना, जौ, चामल र कोदो) राख्नुहोस्।

वेदीको माथि एक कलश बनाउनुहोस् र त्यसमा आप वा अशोकका ५ पातहरू राख्नुहोस् ।

अब वेदीमा भगवान विष्णुको मूर्ति वा तस्वीर राख्नुहोस्।

पहेंलो फूल, ऋतुफल र तुलसीदल भगवान विष्णुलाई समर्पित गर्नुहोस् ।

धूप र बत्तीहरूसँगै विष्णुको आरती लिनुहोस्।

बेलुका भगवान विष्णुको आरती गरेपछि फल लिनुहोस्।

रातमा नसुत्नुहोस्, भजन–कीर्तन गर्दै जागरण बस्नुहोस् ।

अर्को दिन, बिहान एक ब्राह्मणलाई खाना दिनुहोस् र यथाशक्ति दान–दक्षिणा दिनुहोस् ।

त्यसपछि, खाना आफैं खाएर व्रतको पारण गर्नुहोस् ।

वरुथिनी एकादशी उपवास समय
वरुथिनी एकादशी पारण मुहूर्ता २५ गते शनिबार बिहान ५ः५०ः३२ देखि ८ः३१ः३२ मा परेको छ ।

 

सम्बन्धित खबरहरु