काठमाडौ । काठमाडौँ उपत्यकाबाट गृह जिल्ला जाने यात्रुसँग तोकिएको भन्दा अत्याधिक भाडा लिइ ठगी गर्नेहरु लगातार पक्राउ परिरहेका छन् । हिजो १० जना पक्राउ परेका थिए भने आज तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषा मिथिलाका ४३ वर्षीयय कृष्ण देवकोटा, झापा गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारीलाई कोटेश्‍वर र दोलखा सिंगटी घर भइ भक्तपुर बस्ने ३४ वर्षीय राम सुरेललाई प्रहरीले पक्राउ गरेको छ ।

‘उपत्यकामा जारी भएको निषेधाज्ञा पश्चात बैदेशिक रोजगारबाट आइ घर फर्किने र अत्यावश्यक परी उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग तोकेको भन्दा तीन गुणा बढि भाडा लिने काउण्टरका कर्मचारीलाई गौशाला र कोटेश्चरबाट नियन्त्रणमा लिइएको हो ।

महामारीको अबस्थामा यात्रुहरु ठगिन सक्ने कुरालाई मध्यनजर गरि प्रहरीले बिशेष टोली परिचालन गरेको छ । टोलीले त्यस्ता स्थानहरुमा गइ कहिले आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने त कहिले यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढि भाडा लिएको पाइए निगरानीमा राखि नियन्त्रणमा गरिएको छ ।

काठमाडौँदेखि पुर्व झापा मोरङ्ग जाने यात्रुहरुसँग जनही तीन हजारदेखि पैतालिस सयसम्म भाडा लिने ईन्द्रेणी हाइसको काउण्टर र प्रदेश ३–०१–००६ख १४३१ नम्बरको बसका कर्मचारीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सुरेललाई वृत्त गौशाला र अन्य दुई जनालाई आवश्यक कारबाहीको लागि प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको छ ।

यस्तै बिहीबार महामारीमा सार्वजनिक सवारी संचालनमा पूर्ण रोक लगाएको भएता पनि बिभिन्न समस्यामा परेका र विदेशबाट आएकाहरुलाई लैजाने बहानामा बढी भाडा लिई ठगी गर्ने १० जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि प्रहरी प्रभाग गोङगबु र कलंकीमा बुझाएको समेत महाशाखाले जनाएको छ ।

बढी भाडा लिएमा वा सार्बजनिक यातायात सम्बन्धी कुनै गुनासो भएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

आजका पपुलर स्टोरी

सम्बन्धित खबरहरु