प्रियंकाले कसरी कमाईन रातको ४ मिनेटमा सवा करोड ?

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार ८ माघ, २०७१

मुम्बई । बलिउड स्टारहरुले केही मिनेटमा नै लाखौं होइन करोडौं कमाउन सक्छन् । हालै नायिका प्रियंका चोपडाले चार मिनेटको आफ्नो प्रस्तुतिका लागि सवा करोड लिएकी छन् । सोही कार्यक्रममा उनले बेस्ट नायिकाको अवार्ड समेत जितिन । प्रियंकाको प्रस्तुति त्यस साँझकै सबैभन्दा महंगो प्रस्तुति थियो । उनले चार मिनेटका लागि १ करोड २५ लाख भारतीय रुपैया लिएकी हुन् । यसका साथै उनी छाटो प्रस्तुतिका लागि सबैभन्दा बढि पैसा लिने नायिका समेत बनेकी छन् । स्टार गिल्ड अवार्डमा उनी आफ्नो कारबाट सिधै रेड कार्पेटमा उत्रिएर प्रस्तुति दिएकी थिइन् । उनले गुंडेको गीत अश्लामे ए इश्कुममा नृत्य प्रस्तुत गरेकी हुन् । जसका लागि उनलाई आयोजकले यतिको रकम खर्चिएका हुन् ।

सम्बन्धित खबरहरु