काठमाडौं । कोरोनाको दोस्रो लहरले भारतको स्वास्थ्य संरचनालाई विश्वमा उजागर गरेको छ । विश्वमा दोस्रो सर्वाधिक जनसंख्या भएको देश भएर पनि पर्याप्त मात्रामा स्वास्थ्य सुविधा प्रदान गर्ने कुरामा भारत असफल भएको छ ।

दैनिक लखौं संक्रमित थप हुँदा हजारौंको मृत्यु पनि भइरहेको छ । तर भारतले समयमा नै किन यी कुराहरुमा ध्यान पुर्याउन सकेन भन्ने प्रश्न अझ गम्भीर बनेको छ ।

यो बीचमा भारत उत्तर प्रदेश सरकारले गरेको एक निर्णयले सबैलाई चकित बनाएको छ । मुख्यमन्त्री योगी आदित्यनाथ सरकारले कोभिड–१९ महामारीले उत्पन्न गरेको प्रतिकूल परिस्थितिको बीचमा प्रत्येक जिल्लामा गाई संरक्षणका लागि एक हेल्प डेस्क स्थापना गर्न आदेश दिएको छ ।

मुख्यमन्त्री जनसम्पर्क सेलले जारी गरेको विज्ञप्ति अनुसार मुख्यमन्त्री योगीले सबै गौशालालाई गाई र अन्य जनावरहरूको लागि अक्सिमिटर र थर्मल स्क्यानर जस्ता मेडिकल उपकरणहरू लैजान आदेश दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘कोभिड,१९ महामारीको वर्तमान संकटलाई ध्यानमा राख्दै गाईको संरक्षणका लागि राज्यका सबै जिल्लामा जम्मा ७०० हेल्प डेस्क स्थापना हुँदैछन् ।

यस बाहेक ५१ अक्सिमिटर र ३४१ थर्मल स्क्यानरहरू पनि उपलब्ध छन् ।’ मान्छेहरुले उपचार पाउन नसकेको अवस्थामा गाईप्रति देखिएको यो चिन्ताले सबै हैरान भएका छन् ।

सम्बन्धित खबरहरु