काठमाडौं । कोरोना संक्रमित भएको आशंकामा एक महिलालाई निकालिएको छ । भारत, उत्तर प्रदेशको गौतम बुद्ध नगर जिल्लाबाट एउटा लाजमर्दो घटना बाहिर आएको हो । नोएडामा कोभिड–१९ भएको शंकामा एउटी केटीले आफ्नै साथिलाई घरबाट निकालेकी हुन् ।

पीडित उनीसँग दुई महिनादेखि दिल्लीको नजफगढमा बस्दै आएकी थिइन् । बिरामी अवस्थामा रहेकी एउटी महिलालाई नोएडाको सेक्टर–३० स्थित जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उनको उपचार पछि उनी स्वस्थ भइन् । तर बस्ने डेरा नभएकोमा दुखी छिन् ।

झारखन्ड राज्य निवासी २८ वर्षीया निशालाई पाँच दिन अघि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उनलाई ज्वरो आएको थियो । डाक्टरका अनुसार उनी उपचारपछि ठीक भैसकेकी छिन् । तर बस्नका लागि कुनै ठाउँ नहुँदा उनलाई समस्या उत्पन्न भएको छ ।

उनी अस्पताल छोड्न मानिरहेकी छैनन् । डाक्टरहरूले दिएको जानकारी अनुसार उनी एकदम कमजोर छिन् । अस्पताल रहादा उनलाई कोरोना संक्रमणको जोखिम देखा परेको छ । निशाले आफु झारखण्डको रांचीकी बासिन्दा भएको जनाएकी छिन् ।

लगभग दुई महिना अघि उनी साथिकहाँ आएकी हुन् । एक हप्ता अघि उनलाई ज्वरो आउँदा साथिले उनलाई कोरोना भएको शंकामा घरबाट निकालिदिएकी हुन् । लकडाउनका कारण आफु घर जान नपाएको दुःखेसो समेत उनले गरेकी छिन् ।

अस्पतालका कर्मचारीले आपतकालिन कक्षमा केवल चार बेडहरु रहेको भनेका छन् । बिरामी निको भएपछि उनीहरूलाई अस्पतालमा राख्न सकिदैँन ।

उनले सेक्टर–२० कोतवाली प्रहरीलाई समस्या निवारणका लागि जानकारी गराएकी छिन् । उता प्रहरीबाट पनि कुनै प्रतिक्रिया नआएको उल्लेख गरिएको छ ।

 

सम्बन्धित खबरहरु