काठमाडौ । यो बर्षपनि माध्यमिक शिक्षा परीक्षा (एसईई) र १२ कक्षाको वार्षिक परीक्षा कसरी गर्ने भन्ने एकिन हुन सकेको छैन । परीक्षाको मिति नजिकिँदै जाँदा स्कुले विद्यार्थीहरूमा पनि संक्रमण दर बढेको छ ।

संक्रमण नियन्त्रण गर्न देशका करिब ६० जिल्लामा निषेधाज्ञा छ । यही अवस्थामा भौतिक रुपमा नै परीक्षा लिन असम्भव छ । के गर्ने त भन्ने विषयमापनि सरकारले निर्णय लिन सकेको छैन ।

सरकारले सबै प्रकारका परीक्षा स्थगित गरेको छ । तर बोर्डले एसइई र १२ कक्षाको परीक्षाको तयारी पूर्वनिर्धारित तालिकाअनुसार हुनेगरी नै तयारी भइरहेको दावी गरेको छ ।

यस्तो अवस्थामा कसरी परीक्षा गर्ने भन्ने बारे सरकारको निर्णय पर्खिनु पर्छ तर निर्धारित समयमा परीक्षा गर्न हामीले तयारी गरिनै रहेका छौ बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । यो महिनाभर हामी रोक र हेर भन्ने अवस्थामा छौँ, कोरोना संक्रमणको अवस्था यस्तै रहेको खण्डमा आवश्यक निर्णय गर्छौं ।’

उनका अनुसार वैशाख महिनाको अन्तिममा नै परीक्षाको विषयमा निर्णय हुनेछ । परीक्षा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । कसरी लिन सकिन्छ अवस्था हेरेर निर्णय लिइन्छ उनले भने ।

‘परीक्षाको विषयमा बोर्डमा विभिन्न चरणमा छलफल पनि चलिरहेको छ,’ अध्यक्ष पौडेलले भने, ‘छलफल चलिरहेको छ तर अहिले नै केही भन्न मिल्दैन ।’ विद्यर्थी भाइबहिनीहरुलाई घरमा बसेर तयारी जारी राख्न अपिल गर्दछु ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले पनि परीक्षा सञ्चालनको विषयमा अहिले नै केही भन्न सक्ने अवस्था नरहेको बताए । उनले भने, ‘संक्रमणको अवस्था हेरेर यो महिनाको अन्तिममा आवश्यक निर्णय गछौँ ।’

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डले गत एसईई जेठ १३ गते र १२ कक्षाको परीक्षा जेठ २६ गते शुरू हुने गरी गत फागुन २६ गते तालिका सार्वजनिक गरेको थियो । तालिका भने हेरफेर हुने निश्चित छ ।

 

सम्बन्धित खबरहरु