काठमाडौ । सर्वोच्च अदालतले बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरुलाई क्लिन चिट दिन थालेको छ । भर्खरै मात्र पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न सर्वोच्चले आदेश दिएको छ ।

बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले धरौट वा जमानत दिए लिई तारेखमा छाड्न आदेश दिएको हो ।

यसैगरी ललिता निवास जग्गा प्रकरणमा मुख्य अभियुक्त शोभाकान्त ढकाललाई रिहा गर्ने वा नगर्ने विषयमा भने सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ ।

विशेष अदालतको आदेशमा थुनामा रहेका ढकालले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा शुक्रबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई भएको थियो ।

जसमा न्यायाधीश खतिवडाले ढकालसँग ३ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिए भने न्यायाधीश भट्टराईले पुर्पक्षका लागि थुनामा राख्ने विशेष अदालतको आदेश नै सदर गरे । अब यो मुद्दाको छिनोफानो पूर्ण इजलासबाट हुने भएको छ ।

 

सम्बन्धित खबरहरु