काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुलाई पेलेर नै जाने नीति लिएका छन् । उनले फेरी रिक्त केही संवैधानिक अंगमा नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले ल्याएको अध्यादेशमा आपत्ति जनाउँदै विपक्षी नेपाली कांग्रेसले बैठक बहिस्कार गर्दै आएको छ । सभामुख अग्नीप्रसाद सापकोटापनि सन्तुष्ट छैनन् । यही अवस्थामा प्रधानमन्त्री ओलीले आइतबारका लागि बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ। हाल लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन्।

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी रिक्त छन्। समावेशी आयोगले पनि पूर्णता पाएको छैन। यी सबैमा सिफारिस गर्ने देखिएको छ ।

 

सम्बन्धित खबरहरु