काठमाडौं । अन्डरवर्ल्ड डन छोटा राजनको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण मृत्यु भएको छ । छोटा राजनलाई कोभिड–१९ संक्रमण भएपछि उपचारको लागि भर्खरै एम्स अस्पतालमा भर्ना गरिएको थियो ।

छोटा राजन तिहाड जेलमै छँदा कोरोना संक्रमित भएका थिए । उनको कोरोना रिपोर्ट सकारात्मक आएपछि अप्रिलको अन्तिम हप्ता अस्पताल भर्ना गरिएको थियो ।

उनको अवस्था केही दिन स्थिर रहेको थियो, तर शुक्रबार उनले संसारबाट विदा हुनुपर्यो । छोटा राजनमाथि गम्भीर खालमा ७० भन्दा बढी मुद्दा दर्ता भएका थिए ।

छोटा राजन १९९३ मा मुम्बई घटनाका मुख्य आरोपी थिए । छोटा राजनको वास्तविक नाम राजेन्द्र निकजे हो । सन् २०१५ मा उनलाई इण्डोनेशियाबाट भारतमा प्रत्यर्पण गरिएको थियो ।

२६ अप्रिलमा उनलाई कोरोना संक्रमणको उपचारको लागि एम्स लगियो । २६ अप्रिलमा, तिहाड जेल अधिकारीले एक मुद्दा सुनुवाइको बेला छोटा राजनलाई भिडियो कन्फरेन्सको लागि ल्याउन नसक्ने बताएका थिए । किनभने उनी कोरोना सकारात्मक भएर अस्पतालमा भर्ना भएका थिए ।

 

सम्बन्धित खबरहरु