काठमाडौं । अनिष्ट हुने जनविश्वास रहेको दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ निस्केको छ । शनिबार दिउँसो १ बजेतिर शिलामा ‘पसिना’ आएको हो ।

मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी गराएको छ । सीडीओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी मन्दिरमा पुगेका छन् ।

मन्दिरमा अहिले क्षमा पूजाको तयारी भइरहेको जानकारी दिइएको छ । पछिल्लो पटक गत मंसिरमा पनि भीमेश्वर मन्दिरको शिलामा पसिना आएको भन्दै स्थानीय प्रशासनले विज्ञप्ति नै जारी गरेको थियो ।

शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गर्ने प्रचलन रहेको छ । देशभर जारी कोरोना संकटबीच यसरी पसिना आउनुलाई गम्भीर रुपमा लिइएको छ ।

सम्बन्धित खबरहरु