काठमाडौं । सभामुख अग्नि सापकोटा र प्रतिपक्ष दल कांग्रेसका नेता शेरबहादुर देउवा भने बैठकमा अनुपस्थित संवैधानिक परिषद्ले महत्वपूर्ण व्यक्तिको नियुक्तिका लागि सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठक त्यस्तो निर्णय गरेको हो । संवैधानिक परिषद्का अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहभागी हुनुभयो ।

संवैधानिक परिषद्ले लोकसेवा आयोगलगायत संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा विभिन्न व्यक्तिको नियुक्तिका लागि सिफारिस गरेको हो ।

परिषद सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले परिषद् बैठकले संवैधानिक आयोगमा नियुक्ति सिफारिस गरेको जानकारी गराउनुभयो । तर कुन–कुन पदमा कसलाई सिफारिस गरियो भन्ने विस्तृत जानकारी आइसकेको छैन ।

सम्बन्धित खबरहरु