काठमाडौ । सामूहिक राजीनामा दिने भन्दै राजीनामा पत्र बोकेर सांसद सचिवालय पुगेका नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपाल समूहले सांसदहरु फेरी लुरुलुरु फर्किएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा अपराध हो, यसमा सहभागी नहुनू भनेर ह्वीप जारी गरेपछि उनीहरु राजीनामा नदिई त्यसै फर्किएका छन् ।

संसद सचिवालयमा पुग्दा ८ जना मात्र सांसद राजीनामा दिन राजि भएको देखेपछि माधब नेपाल झस्किएका थिए । धेरैले राजीनामा नबुझाउने खबर आएपछि उनी अल्मलमा परेका थिए ।

माधब नेपाललाई सहमतिमा ल्याउन एमाले नेता सुवास नेम्वाङ्ग र विष्णु पौडेल संसद सचिवालय नै पुगेका थिए । त्यहाँ उनीहरुबीच केही समय छलफल भएको छ ।

उनीहरुबीच सहमतिका लागि फेरी छलफल गर्ने सहमति भएको थियो । नेपालले राखेका सबै कुरा प्रधानमन्त्रीलाई सुनाउने र सहमतिको प्रयास गर्ने बचन दुई नेताले दिएका थिए । त्यसपछिपनि नेता नेपाल लचिलो बनेको बुझिन्छ ।

त्यसपछि बाहिर निस्किएर २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन १३ घण्टा समय दिएको भन्दै ओलीलाई फेरी अर्को डेटलाईन तोकेका छन् । सांसदहरुको बैठकले भोलि २७ गते बिहान ९ बजेसम्मको समय दिएका हुन् ।

संसद सचिवालयमा पुगिसेका सांसदहरूमा माधवकुमार नेपाल, योगेश भट्टराइ, विरोध खतिवडा, मेटमणि चौधरी, निरादेवी गैरे, सरला यादव, पवित्रा निरौला खरेल र जीवनराम श्रेष्ठ मात्र रहेको बुझिएको छ ।

अरु केहीले फरक मत जाहेर गर्ने र केही राजीनामा नदिने अडान लिएका छन् । २ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्वमा ओली फर्कन तयार नभएमा विश्वासको मत दिनु अगाडि नै राजीनामा दिने माधब समूहको अडान छ । यसअघि प्रकाशित समाचारमा अन्यथा भएकाले माफी चाहान्छु । -सम्पादक

सम्बन्धित खबरहरु