काठमाडौं । कसैको विवाहमा जाँदा खाना मन परेन् भने तपाईं के गर्नुहुन्छ ? खाना कम खानुहुन्छ वा अर्को खाना मगाउनुहुन्छ, हुनसक्छ तपाईं खाना नै नखाएर फर्किन पनि सक्नुहुन्छ ।

तर भारतको बिहार राज्यमा जे भयो, त्यो अलिक फरक छ । कुखुराको मासुसँग लिट्टी नदिएको आरोपमा बिहारको गोपालगञ्ज जिल्लाको उचाकागाउँ थाना क्षेत्रको नरकटियामा लडाँई भएको छ । उक्त लडाँईमा एक जनाको मृत्यु पनि भयो ।

जानकारी अनुसार तीन जना गम्भीर घाइते भएका छन् । मृतकको पहिचान राजेन्द्र सिंहका रुपमा भएको छ । उक्त घटनामा घाइते हुनेहरुमा राहुल कुमार सिंह, रिशु कुमार सिंह र रोहित कुमार सिंहलाई रहेका छन् ।

शुरुमा उनीहरुलाई उपचारका लागि गोपालगञ्ज सदर अस्पतालको आपतकालीन कक्षमा भर्ना गरियोे ।

त्यहाँ चिकित्सकहरूले प्राथमिक उपचारपछि थप उपचारका लागि गोरखपुर रिफर गरेका छन् । त्यसपछि परिवारका सदस्यहरूले तीन जना घाइतेलाई गोपालगञ्ज अस्पतालबाट उपचारका लागि गोरखपुर पुर्याएका हुन् ।

घटनाको सम्बन्धमा, यो भनिएको छ कि राजेन्द्र सिंहको छिमेकमा जन्ती आएको थियो । जन्तीमा कुखुराको मासुसँग लिट्टी नदिएको भन्दै विवाद सुरु भयो । त्यहाँ विवाद एकदम उग्र भएको थियो ।

घटनामा राजेन्द्र सिंहलगायत चार जनालाई क'टट्टा प्र'योग ग'रियो । चारैजनालाई उपचारको लागि गोपालगञ्ज सदर अस्पतालको आपतकालीन कक्षमा भर्ना गरिएको थियो ।

त्यहाँका डाक्टरहरूले राजेन्द्र सिंहलाई मृत घोषित गर्दिए । तीन जना गम्भीर घाइतेहरुलाई अर्को अस्पताल पठाइयो ।

जब डाक्टरहरूले ती तीन जनाको एक्स–रे गर्न खोजे तब पत्ता लाग्यो कि एक्स–रे कोठा बन्द छ । त्यसपछि, परिवारका सदस्यहरू र अन्य व्यक्तिहरुले एक्स–रे बन्द भएकोमा रिसाउँदै प्रदर्शन गर्न थाले ।

सूचना पाएपछि नगर थानाका प्रहरी सदर अस्पतालको आपतकालीन कक्षमा पुगे र आक्रोशित मानिसहरूलाई शान्त पार्न खोजे । तर परिवारका सदस्यहरूले भने कि सदर अस्पतालको आपतकालीन कक्षमा उपचार नभएको र एक्स–रे नहुँदा परिवारका सदस्यहरू र अन्यले विरोध गरिरहेका थिए ।

घटनास्थलमा पुगेपछि प्रहरी चौकीका उपनिरीक्षक नय्याज अहमद र बीएन राईले परिवारका सदस्यहरूलाई सावधानीपूर्वक शान्त गराए । प्रहरीले तीन जना घाइतेहरुलाई एम्बुलेन्समा राखेर राम्रो उपचारका लागि गोरखपुर पठायो ।

उचाकागाउँ थानाका प्रमुख अब्दुल मजेदले घटनाबारे सूचना पाए पछि प्रहरी टोलीले अनुसन्धान सुरु गरेको छ । घटनामा संलग्न व्यक्तिहरुको पहिचान गर्न थप अनुसन्धान शुरु गरिएको छ ।

 

सम्बन्धित खबरहरु