काठमाडौ । रौतहट, चन्द्रपुर नगरपालिका-४ स्थित सडकमा अनटेष्ट लेखेको टिपरले शनिबार दिउँसो ठक्कर दिँदा साईकलयात्री बृन्दाबन नगरपालिका-७ हर्षाहा बस्ने ३५ वर्षीय दिल किशोर रामको घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, बरहथवा नगरपालिका-३ भगवतीपुरस्थित सडकमा बीआर ३० एस ९२४५ नम्बरको मोटरसाइकलले शनिबार साँझ ठक्कर दिँदा सोही ठाउँ बस्ने श्याम महतोका ४ वर्षीय छोरा आदित्य महतोको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि नव जीवन अस्पताल बरहथवा लैजानेक्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु