काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले धेरैको घरमा शोक ल्याएर आएको छ । यस्तै एक दर्दनाक घटना भारतमा देखा परेको छ । कोरोनाका कारण एक व्यापारीले उपचारको क्रममा छोरा गुमाउनु परेको छ । ८ मेमा जन्ती जान लागेका थिए ।

खुशीको वातावरण एकाएक शोकमा परिणत भयो । विहे भोजका लागि ठिक्क भएका मानिसहरु मलामी जानुपर्दा एकदम पीडामा छन् । गढ नगरस्थित दुर्गा कोलोनी निवासी व्यापारी विजयको छोरा २६ वर्षीय ऋषभको १० दिनअगाडि अचानक स्वास्थ्य खराब भयो ।

ज्वरो आएपछि परिवार उनको कोरोना परीक्षण गर्यो । उक्त परीक्षणमा उनको रिपोर्ट सकारात्मक आएको थियो । रिपोर्ट सकारात्मक भएपछि ऋषभलाई हापुरको कोभिड अस्पतालमा भर्ना गरियो ।

उनका भाई गौरवले बताए कि उनलाई उपचार पछि डिस्चार्ज गरिएको थियो । उनलाई चार दिन अघि मात्रै डिस्चार्ज गरेपछि उनी घर पुगेका थिए । गौरवले दिएको जानकारी अनुसार ऋषभको विवाह ८ मेमा भय गरिएको थियो । घरमा बुहारी ल्याउने भएपछि परिवारले तयारी गर्न थाल्यो ।

तर फेरि ऋषभको स्वास्थ्य बिग्रियो । त्यसैले परिवारले उनलाई फेरि अस्पताल पुर्यायो । विहेको मुखैमा आएर उपचारका क्रममा उनको मृत्यु भयो । ऋषभको मृत्युका कारण परिवारमा शोक छाएको छ ।

अचानक हर्षको वातावरण शोकमा परिणत भयो । मृतकको भाईका अनुसार उनी विवाह स्थगित गर्न चाहन्थे ताकि उनका साथीहरू पनि विवाहमा उपस्थित हुन सकून् । मृतकको घमगिन माहौलमा अन्तिम संस्कार गरिएको छ ।

 

सम्बन्धित खबरहरु