काठमाडौं । नेकपा एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेत कोरोना संक्रमित हुनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले आफु कोरोना संक्रमित भएको जानकारी दिनु भएको हो ।

सामान्य रुघा बाहेक, कुनै लक्षण थिएन सदनको विशेष अधिबेशनको लागि गत २२ र २३ गते गरेको पिसिआर जाँचबाट आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

सार्वजनिक कार्यक्रमहरुमा सहभागी भइरहनु पर्ने कारणले सकेसम्म सतर्कता अपनाउने गरेको भए पनि आफु संक्रमित भएको जानकारी गराउनु भएको हो ।

उहाँले लेख्नु भएको, ‘सामान्य रुघा बाहेक, कुनै लक्षण थिएन सदनको विशेष अधिवेशनको लागि गत २२ र २३ गते गरेको पिसिआर जाँचबाट मलाइ पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सार्वजनिक कार्यक्रमहरुमा सहभागी भइरहनु पर्ने कारणले सकेसम्म सतर्कता अपनाउने गरेको थिंए । खानपानमा ध्यान दिदैं, नियमित व्यायम गर्ने गरेको थिंए । खोपको दुवै डोज पनि लगाएको थिंए । त्यस्तो भएको कारणले कुनै लक्षणविना अन्तिम चरणमा मात्र थाहा भयो भन्ने लाग्दछ ।’

उहाँले थप्दै लेख्नु भएको छ, ‘हाल घरमै आइसोलेशनमा बसेको छु । स्वास्थ्य अवस्था सामान्य छ ।

रिपोर्टमा सीटी भ्यालु ३६ देखिएकोले चिकित्सकहरुले ३–४ दिनमानै नेगेटिभ आउने सम्भावना बताउनु भएको छ । यो बीचमा मेरो स्वस्थ्य प्रती चिन्ता लिएर मलाई विभिन्न माध्यम बाट स्वास्थ लाभको कामना गर्नु हुने सम्पुर्ण पार्टी पंक्ति ,आफन्त, शुभचिन्तक र शुभेच्छुकहरुलाई आभार प्रकट गर्दछु । आज पुनः पिसिआर चेक गर्न स्वाब पठाएको छु । रिपोर्ट नेगेटिभ आएर सदनमा सहज ढंगले प्रवेश गर्ने अपेक्षा गरेको छु । धन्यवाद ।’

सम्बन्धित खबरहरु