काठमाडौं । विश्वासको मत लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ । उहाँले सोमबार साँझ ५ बजे मन्त्रिपरिषद बैठक बोलाउनु भएको हो । विश्वासको मत लिन संसद अधिवेशन आह्वान भएकै दिन उनले मन्त्रपरिषद बैठक बोलाएको एक मन्त्रीले जानकारी दिनुभयो ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सोमबार संसद बैठकमा अनुपस्थित हुने निर्णय गरिसकेकाले प्रधानमन्त्रीले विश्वासको मत नपाउने निश्चित छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिदैछन् । सो प्रयोजनका लागि संसदमा मतदानको प्रक्रिया सुरु हुँदै छ ।

सम्बन्धित खबरहरु