सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नं. ७ अड्गुरीको झन्द्रेककी एक चेलीको ओमानको सललमा निधन भएको छ ।

अड्गुरीको झन्द्रेक ९ माईती घर खाँचीकोटको प्रगतिनगर (भालुखोला) की ३९ वर्षिया शोभा टण्डन थापाको ओमानको सललमा शुक्रबार निधन भएको हो । १४ बर्षदेखि बैदेशिक रोजगारका क्रममा ओमानको सललमा रहेकी शोभाको स्थानिय अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

९ दिनदेखि उनको स्वास्थ्यमा समस्या रहेको थियो । उनलाई ज्वरो र श्वास–प्रश्वासमा समस्या रहेको र साथै कोरोना पोजिटिभ पनि देखिएको बताइएको छ ।

उनका श्रीमान स्व. जय बहादुर टण्डनको पहिले नै निधन भएको थियो । भने उनका एउटा छोरा सुदन टण्डन रहेका छन् । उनि रक्तिम सास्कृतिक अभियानकी जिल्ला स्तरीय पुर्व कलाकार पनि थिइन् ।

सम्बन्धित खबरहरु