आज माघ ८ गते अर्थात राजनीतिक दलहरुले नेपाली जनतालाई संविधान सभाबाट संविधान दिन्छौ भनेर प्रतिवद्धता गरेको दिन ।
पहिलो संविधानसभाको अवसानपछि भएको दोस्रो संविधान सभाको निर्वाचनमा दलहरुले नेपाली जनताबीच एक बर्ष अर्थात माघ ८ गते संविधान दिने प्रतिज्ञा मात्र हैन भिष्मप्रतिज्ञा नै गरेका थिए । तर आजसम्म राजनीतिक दलहरुले जनतासँग गरेको प्रतिवद्धता पुरा गर्नुको सट्टा उल्टै तोडफोड र वितण्डाको रमिता देखाएर निराश बनाएका छन् ।
कहिले संविधानसभा भित्रका भौतिक संरचनामा तोडफोड गर्ने त कहिले एक अर्कामा घुर्चाघुर्ची गर्दै एक बर्ष गुजारेका दलहरुले आजको दिनमा झनै संविधान सभालाई अन्यौतामा धकेलिरहेका छन् । संविधान सभा बैठक कक्षमा विभिन्न आतंक फैलाएर संविधान सभालाई बन्दि बनाइरहेका छन् ।
माघ ८ गते नेपाली जनताको भाग्य र भविष्यलाई नयाँ दिशा दिने नयाँ संविधान आउने अपेक्षा गरेका जनतालाई उल्टै संविधानसभामा आतंक मच्चाएर त्रसित बनाइरहेका छन् ।
कहिले धुलो खुर्सानीका पोका त कहिले आक्रमण तथा मुडभेको तयारी भन्ने सन्देश सञ्चार माध्यममा प्रकाशन प्रशारण भइरहँदा जनता भने देशको भविष्यदेखी चिन्तित छन् । तसर्थ जनताको यो चिन्ता र दुखेको मनमा मलम लगाउने राजनीतिक दल र राजनेताको खोजी भइरहेको छ ।
यो सुनौलो अवशर जनतासाँमु चुकेका
दलहरुले सदुपयोग गरियोस् र जनता र देशको भविष्य कोर्ने नयाँ संविधान
जारी गर्ने बतावरण निमार्ण गरियोस् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
https://www.youtube.com/watch?v=zPhob5qzBa4&feature=youtu.be